
पेन इन्टरनेसनलको अध्यात्मिक प्रवचनका साथ कविता वाचन
भदौ १४, काठमाडौं । पेन इन्टरन्यासनल, नेपाल च्याप्टरका अध्यक्ष भीष्म उप्रेतीको सभाध्यक्षतामा अरबिन्दो आश्रम, भारतका कवि एवम् दार्शनिक प्रो. सहदेव कुमारको सम्मानमा आयोजित आध्यात्मिक एवम् कविता वाचन कार्यक्रममा प्रोफेसरले अरिबिन्दको बाल्यकाल, अङ्ग्रेजसँगको सम्बन्ध, शैक्षिक उपलब्धि, क्रान्तिकारितादेखि योगी हुँदासम्मको जीवनयात्रालाई प्रस्तुत गर्नुका साथै कविता वाचन गर्नुभयो । प्राध्यापक कृष्णचन्द्र शर्माले अरबिन्दोबाट लिखित महाकाव्यको चर्चा गर्नुभयो । […]